धादिङमा रक्तदान कार्यक्रम, ५३ पिन्ट रगत संकलन


२० असोज, धादिङ । नेपाल स्वयंसेवी रक्तदाता समाजका धादिङले जिल्लाको थाँक्रे गाँउपालिकाको महादेव वेसीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक” नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि कर्माचार्यले धादिङ जिल्लाका शाखाका अध्यक्ष सुयेश विक्रम रानालाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गरिएको कार्यक्रममा कार्यक्रममा गाँउपालिकाका अध्यक्ष रामकुमार आचार्यले मानवीय जीवनको सर्वोत्तम कार्यमा लाग्न स्थानीय यूवाहरुलाई अनुरोध गर्नुभयो ।

सुजन थापाकाे संयाेजनमा आयाेजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा, जिल्ला उसु संघका अध्यक्ष निराणु लामा, थाक्रे गाउँपालिका वडा ६ का वडा अध्यक्ष हिराबहादुर थापा, वडा ७ का वडा अध्यक्ष युवराज खतिवडा, जिल्ला ट्रिपर संघका अध्यक्ष कृष्ण पन्त तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य ध्रुव रूपाखेतीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला पुरुष गरि ५३ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।