नेकपा एमाले डुडुवा गाउँपालिका ५ को आयोजनामा २३ जनाले गरे रक्तदान


३० जेठ, (बाँके) । “रक्तदान / जीवनदान” भन्ने उद्देश्यका साथ नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीबाँकेको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

डुडुवागाउँपालिका वार्ड नं.–५ किमु कटुजमा आयोजित रक्तदान कार्यक्रममा शिक्षक, समाजसेवी, स्वयंसेवी रक्तदाता लगायत २३ जनाले रक्तदान गरेका छन् । नेकपा एमाले डुडुवा गाउँपालिका कमिटी बाँकेका अध्यक्ष महेश चौधरी, डुडुवा गाउँपालिका वार्ड नं.–५का वडाध्यक्ष झंक बहादुर थापा र डुडुवा गाउँपालिका वार्ड नं.–६का वडाध्यक्ष मोहनराम मिश्र लगायतले प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी,  वरिष्ठ प्राविधिक सोम प्रकाश सापकोटा, सुनिता कुमाईलाई रगत संकलन गर्ने थैली हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा डुडुवा गाउँपालिका वार्ड नं.–५ का वडाध्यक्ष झंक बहादुर थापा, नेकपा एमाले डुडुवा गाउँपालिका कमिटी बाँकेका अध्यक्ष महेश कुमार चौधरी, रुद्र बीर रगाल, प्रदीप बोहरा, पदम बहादुर बुढाथोकी, ध्रुव बोहरा, राम बहादुर खडका, गणेश खडका, टोप बहादुर खत्री, मिलन थापा, अनकेत त्रिपाटी, चिरञ्जीवी बुढा, हरिकिसुन थारु, अरुण रोकाय, अर्जुन चौधरी, राममिलन थारु, राजिव साहू, इमारन अहमद सिद्दीकी, रमेश कुमार यादव, शिव कुमार जायसवाल, कौशल सिंह, पकंज वर्मा, बीरेन्द्र यादव २३ जनाले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, सुनिता कुमाई, भवानी सुनार, दिपशिखा शाह, बैकुण्ठ रेग्मी और बीरेन्द्र योगी लगायतले अन्यमा शतक रक्तदाता पवन जायसवालले सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य बिजया धिताल, डुडुवा गाउँपमालिका कार्यपालिका सदस्य जयन्ती महाउत, नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।