
सुर्खेत, साउन ९ । कर्णाली प्रदेश अस्पतालमा रगतको अभाव हुँदै गएपछि त्यसको पूर्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरेन्द्रनगर नगर समिति, सुर्खेतले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल स्वयमसेवी रक्तदाता समाज सुर्खेतको समन्वय, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तथा कर्णाली प्रदेश समितिको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ९४ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।
रक्तदान कार्यक्रमको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति मदन खड्का र सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले संयुक्त रूपमा रक्तदातालाई रक्तसङ्कलन थैली हस्तान्तरण गरेर गरेका थिए ।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, युवाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक कार्य भएकाले यस्ता अभियानलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
कर्णाली प्रदेश अस्पतालमा पछिल्लो समय रगतको अभाव देखिँदै आएपछि आवश्यक बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
रक्तसञ्चार केन्द्रका प्राविधिक टोलीले सुरक्षित रूपमा रक्त सङ्कलन गरेको जनाएको छ । संकलित ९४ पिन्ट रगत उपचाररत बिरामीहरूको आवश्यकताअनुसार प्रयोग गरिने बताइएको छ ।



Prawash Kumar Shakya । ९ श्रावण २०८३, शनिबार १४:१७ बजे