बर्दियामा १सय ४ पिन्ट रगत संकलन


पवन जायसवाल ।

२७ जेठ, बर्दिया । जिल्लाको ठाकुरबाबा नगरपालिका सैनवारको संरक्षत्वमा, प्रगती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको सहयोग र समन्वयमा १४ औं बृहत रक्तदान कार्यक्रम –२०८२ जेष्ठ २७ गते मंगलवार सम्पन्न कार्यक्रममा १ सय ४ जना रक्तदान गरेका छन् ।

२२ औं बिश्व रक्तदाता दिवसको अवसरमा “रगत दिऔं आशा जगाऔंः सबै मिलेर जीवन बचाऔं” भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका प्रमुख तिलकराम लम्साल उपप्रमुख बीना कुमारी भट्टराई, स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेम प्रसाद लम्साल, प्रगती बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बिजय शाह, कोषाध्यक्ष देबी प्रसाद देवकोटा लगायतले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका होमराज गिरी, सन्दिप आचार्य, महेश रानाक्षेत्री, पवित्रा जैसीलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारु प्रतिकद्वारा सञ्चालित कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका प्रमुख तिलकराम लम्साल ७ पटक, उप–बीना कुमारी भट्टराई १० पटक, स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवालीले एक–एक पिन्ट रगतदान गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा  राधा कुमारी चौधरी, लोकेन्द्र बहादुर बोहरा, कालुराम थारु, घनश्याम रिजाल, श्रीराम चौधरी, फुलराम थारु, असीम, चन्द्रकान्त लम्साल, रबिन तिवारी, मगरु थारु, रमेश थारु, चन्द्र कुमारी बोहरा, प्रमोद थारु, सूर्य बहादुर खत्री, नवराज रानामगर, अमित कुमार थारु, मन बहादुर थारु, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था के केन्द्रीय सदस्य चन्द्रमणि पौडेल ४० पटक, बिष्णु कुमारी खत्री, चूडामणि चौधरी, अन्जु, मोतीराम थारु, काली थारु, अंगानु थारु, सीता कुमारी थारु, बिष्णु प्रसाद न्यौपाने, नेपाल स्यंसेवी रक्तदाता समाज बाँकेको सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल १०४ पटक, हिमाल रावल, तिलक प्रसाद गडतौला, गोबिन्द प्रसाद थारु, अर्पण थारु, राजु थारु, पुष्कर कुमार सोनम, सुन्दरी चौधरी, नारायण प्रसाद उपाध्याय, भीम प्रसाद ढकाल, कृष्ण कुसुम थारु, नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उप–शाखाका प्रतीक गडतौला, हरिराम थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारु प्रतिक ३६ पटक, जिल्ला सदस्य चल्टुराम थारु, २४ पटक, सूरज थारु, बल बहादुर रत्गैया, बिमल कुमार खत्री, अशोक कुमार थारु, उमेश रत्गैया, मनिष थारु, जीवन कुमार कुशमा, सुनील थारु, फूलमती थारु, मेलिना कुँवर, सुदिप रत्गैया, बिष्णु थापा क्षेत्री, सोनम थारु, चुरे माध्यमिक बिद्यालय बगनहाका प्रधानाध्यापक राजेश कुमार यादव, धन प्रसाद न्यौपाने, मेलिना श्रेष्ठ, अनुराज थारु, फत्तेहसिंह थारु, अनिल कुमार थारु, हरिन्द्र राज जोशी, निमराज खनाल, प्रमोद कुमार थारु, पुष्पराज श्रेष्ठ, अर्जुन कुमार थारु, शैलेश कुमार बोहरा, नगशु थारु, हरिन्द्रराज शर्मा, लीलाराम खनाल, बीरेन्द्र रावत, धु्रवराज बम, धन बहादुर रत्गैया, इन्द्र बहादुर थारु, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँका महासचिव गोपाल निरौला, प्रकाश थापा, उमाँगु दहित, जगबीर सिंह बिक, पूर्ण बहादुर थापा, ललित कुमार थारु, अन्तरानी थारु, राजाराम थारु, टिकुराम थारु, नबिन जैसी, शुक बाहदुर थारु, गीता रोकाया, कृतिका बिक, मधु रोकाया, राजेश थापा, बिक्रम श्रेष्ठ, गोपाल प्रसाद उपाध्याय, चर्चित कलाकार खगेन्द्र नेपाल १६ पटक, अनुराग शाह, करुणा थारु, महेश कुमार ढुंगाना, बिक्रम पौडेल, कृष्ण बहादुर थारु, रमेश रत्गैया, सबिता थारु, दिपसना थारु लगायतले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेम प्रसाद लम्साल (७३ पटक) र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाललाई (१ सय ४ पटक) दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मानित गरिएको थियो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेम प्रसाद लम्साल बर्दिया जिल्लाभरि रक्तदान कार्यक्रममा गराउनमा उहाँको ठूलो योगदान रहेको छ । ठाकुरबाबा नगरपालिका सैनवारका कर्मचारी, सहकारीका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका होमराज गिरी, सन्दिप आचार्य, महेश रानाक्षेत्री, पवित्रा जैसी, बैकुष्ठ रेग्मी, बीरेन्द्र योगी, नेपाल रेडक्रस सोसाइटी बर्दिया मधुवन “ख” उप–शाखा सानोश्रीका राम कुमार वर्मा, अक्षय कुमार चौधरी, नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उप–शाखाका प्रतिक गडतौलाले प्राविधिकमा अन्यामा प्रगती बचत तथा ऋण सहकारी संस्था लि, ठाकुरबाबा नगरपालिका वार्ड नं.–३ का फत्तेहसिंहथारु, फूलमति थार, पार्वती खनाल, अनिता थारु, अशोक कुमार थारु, भ्रम कुमारी शाही, बिमल कुमार खत्री, नारायण प्रसाद उपाध्याय, धन बहादुर रत्गैया, सुनिता थारु, जुल्फी थारु, मेलिना कुँवर लगायतले सहयोग गर्नुभएको थियो ।