राजेन्द्र आचार्य
चितवन, २७ चैत । जिल्ला मालपोत कार्यालय चितवनले अनलाइनबाट घर तथा जग्गा रजिस्ट्रेशन सेवा सुरु गर्ने भएको छ । योसँगै जग्गा रजिस्ट्रेशनमा विद्यमान परम्परागत स्रेष्ता र ढड्डा पल्टाएर पास हुने व्यवस्थाको अन्त्य हुने भएको छ ।
पहिलो चरणमा जिल्लाको ४ वटा श्रीपुर, कोराक, कविलास र चण्डीन्ज्याङ्ग गाविसका स्थानीयलाई लक्षित गरी घर तथा जग्गा अनलाइनबाट रजिस्ट्रेशन गर्न लागेको जिल्ला मालपोत प्रमुख टंकनाथ उपाध्यायले अनलाइनखबरलाई बताए ।
यसअनुसार अब नामसारी, राजिनामा, जग्गा रजिस्ट्रेशन, दाखिला, खारिज, सशोधन, मोही कट्टा, गुठी जग्गा दर्ता सहितका काममहरु अनलाइन प्राणलीबाटै हुनेछ । यसका लागि सेवाग्रहीले सुरु निर्देशन दार्ता गराएपछि ४ चरणमा सबै प्रक्रिया सकिने उनले बताए ।
जिल्लामा परिक्षणका रुपमा ४ वटा गाविसबाट सुरु भएको काम आगामी साढे दुई बर्ष भित्र सबै नगरपालिकाहरुमा समेत लागू गरिने भएको छ ।
भूमिसुधार तथा व्यवस्थापन विभागको भू(अभिलेख सूचना व्यवस्थापन प्राणली आयोजनाअन्र्तगत जिल्ला मालपोत कार्यालय चितवनले ७ औं नम्बरमा आइतबारदेखि अनलाइनबाट घर तथा जग्गा रजिस्ट्रेशन सेवा सुरु गर्ने भएको हो ।
२ वर्षभित्र सबै जिल्लामा
विभागका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले भने(‘अब विचौलीया र लेखापढीको झनझट हट्नेछ ।’
उनले सूचना प्रविधिको विकाससँगै आफ्नो जग्गाबारेमा जग्गा धनी र सरोकारवालालाई सहज रुपमा सूचना प्रदान गर्ने समेत बताए ।
विभागले देशका विभिन्न १४ वटा मालपोत कार्यालयमा यो सेवा सुरु गरेको छ भने सबै आगामी दुई बर्ष भित्र गर्ने मालपोत कार्यलयमा पुर्याउने लक्ष्य लिएको छ ।
कसरी अनलाइनबाट काम रु
मालपोत कार्यालय जाने सेवाग्राहीले एउटा निवेदन लेख्नुपर्छ र दर्तासेवा कक्षमा जानुपर्छ । अनलाइन प्राणालीका लागि सबै लगत भएको डाटासहितको कम्प्युटरमा कर्मचारी हुन्छन् ।
त्यहाँ निवेदन दार्ता हुन्छ । निवेदनमा सेवाग्रहीले अनिर्वाय रुपमा आफ्नो मोवाइल नम्बर राख्नु पर्छ । दर्तालगत्तै मोबाईलमा म्यासेज आउँछ ।
अनि प्राप्त गरेको दर्ता नम्बर एकपटक सहि रुपमा भएको छ वा छैन् भनी तहरीलले रुजु गर्नेछन् । त्यसपछि कित्ताकाट गर्नु पर्ने भए नापी जान्छ, र नापाीबाट आएपछि राजश्व तिर्न जानुपर्दछ ।
राजश्व तिरेपछि सिधै मालपोत अधिकृतकोमा अनलाईनबाटै सबै डाटा जान्छ, अनि उनकै रोहबरमा जग्गापास हुन्छ ।
अनलाइनबाटै जग्गा धनी प्रमाणपत्र पाइन्छ । आफुले चाहेको जुनसुकै बेला पनि मापलोपको वेवसाइटमा गएको आफ्नो विवरण हर्न र पढ्न सकिन्छ ।



Milan Shrestha । २७ चैत्र २०७२, शनिबार ०९:१३ बजे