रियाे अाेलम्पिककी कान्छी खेलाडी गाैरिकालार्इ राष्ट्रपतिकाे सम्मान


काठमाडाैं– राष्ट्रिपति विद्यादेवी भण्डारीले रियो ओलम्पिक २०१६ मा सहभागी मध्ये सबैभन्दा कम उमेरकी खेलाडी स्विमर गौरिका सिंहलार्इ सम्मान गरेकी छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा अायाेजित एक कार्यक्रममा फूलको गुच्छासहित दाेसल्ला अाेढाएर उनकाे सम्मान एवं बधार्इं दिएकी हुन्। अाफूले रियो ओेलम्पिकका गतिविधि हेरिरहेको र कान्छी खेलाडीको रुपमा चर्चित गौरिका सिंहलाई भेट्न पाउँदा खुशी लागेको बताइन्।

साे अवसरमा अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रियो ओलम्पिकमा नेपाली टिमको सहभागीता उपलब्धीको बारेमा विवरण पेश गरेका थिए।

सम्माननीयज्यूले अहिले देखिनै टोकियो २०२० ओलम्पिकको तयारीमा जुट्नु पर्ने बारे नेपाल ओलम्पिक कमिटीलाई र्निदेशन पनि दिएकी छन्।

भेटघाटको अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठसहित सदस्य तथा नेपाल स्विमिङ्ग संघका अध्यक्ष अशोकरत्न बज्राचार्य, सदस्य निलेन्द्र श्रेष्ठ, नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य, नेओकका कर्मचारी निरज श्रेष्ठ र गौरिका सिंहका परिवार आमा गरिमा राणा सिंह, भाई सौरेनबहादुर सिंह, हजुर वुवा लोकभक्त राणा र हजुर आमा कविता राणाको उपस्थिती थियाे।

साभारः नागरिक अनलाइन