सुर्खेत १८ भदौ । स्थानीय स्तरका कामहरुलाई अझै पारदर्शिता, जवाफदेही र समयमै सम्पन्न गर्नका लागि शनिवार घडी उपहार दिइएको छ । युवाहरूले खाजा खर्चबाट रकम जुटाएर उपहार स्वरुप घडी हस्तान्तरण गरेका हुन ।कार्यक्रममा ग्रामीण एकता युवा समूह तथा संजालका अध्यक्ष अमर कार्कीले बाबियाचौरमा भईरहेका बिकास निर्माणका काम समयमै गर्नुपर्ने सन्देश दिनको लागि घडी उपहार दिइएको वताउनु भयो । उहाँले युवाहरूको अब बिकास निर्माणका काम देखि नीति निर्माण तहमा सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
समयलाई राम्रोसँग चिन्न सके मात्रै देश बिकास हुने भएकोले समुदायको बिकासमा युवालाई परिचालन गरिनुपर्ने गाबिस सामाजिक परिचालक टिकाराम खराल उल्लेख गर्नुभयो । ग्रामीण एकता युवा समूह, सचेतना केन्द्र र वडा नागरिक मञ्चका सहभागीहरुलाई योजना तर्जुमा प्रक्रियाका १४ चरणको बारेमा जानकारी दिइएको छ । सुन्दर नेपालको युवा शसक्तिकरण परियोजनाका युवा अधिकृत रबिन्द्र कुमार चन्दले तालिम लिएका सबैले ब्यबहारमा प्रयोग गरेर देखाउनु पर्ने बताउनु भयो बाबियाचौर गाबिसले आयोजना भएको समन्वय सुन्दर नेपाल र सहयोग युएसएआइडीले गरेको तालिमको सहजिकरण चक्रप्रसाद गौतमले गर्नु भएको छ ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । १८ भाद्र २०७३, शनिबार १५:४० बजे