काठमाडौं, माघ २२ – हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले गीत मार्फत देश छुट्याउने खेलमा नलाग्न आग्रह गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको राष्ट्रिय गीतको एल्बम सजगमा समावेश भएको मेरो देश इन्द्रेणी बोलको गीतको म्युजिक भिडियोमा अभिनय गर्दै धुर्मुसले यस्तो आग्रह गरेका हुन् ।
टेलिभिजनको पर्दामा अनेक रुपमा देखिने सिताराम कट्टेल यो गीतको भिडियोमा नेपाली नागरिकको रुपमा प्रस्तुत भएका छन् । गीतले नेपाललाई इन्द्रेणी रंगसँग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न आग्रह गरेको छ ।
गीतमा आफ्नो भावना पनि जोडिएकाले म्युजीक भडियोमा अभिनय गरेको कट्टेलको भनाई छ । स्वरुपराज आचार्यले गायको गीतमा बसन्त सापकोटाको संगीत छ । म्युजिक भिडियोको निर्देशन धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले गरेका हुन् ।
साभारः उज्यालो उनलाइन



Milan Shrestha । २५ माघ २०७२, सोमबार ०९:२० बजे