१७ साउन,सुर्खेत । सुर्खेती सर्जक धर्मराज गिरीको नयाँ तिजको कोशेली “नाच्छु बरिलै” बोलको गित सार्वजनिक भएको छ।
गिरीको लय शब्दमा रहेको तीजको नयाँ कोशेली “नाच्छु बरिलै” बोलको गीत उहाँकै अफिसियल यूट्यव च्यानल बाट आज सार्वजनिक भएको हो । गिरीद्वारा सार्वजनिक गरिएको गीतमा सुर्खेती चर्चीत गायिका टीका पुनले आवाज दिनुभएको छ भने दिक्षा गिरीको अभिनय रहेको छ । चन्द्र मन्दिरको नृत्य निर्देशन रहेको गितलाई सुर्खेतिको पहिचान दिने उदेश्यले यस क्षेत्रकै भेषभुषा झल्कने बनाइएको छ ।
गत बर्षहरुको तिजमा झै गिरीले यस बर्ष पनि तीजका मौलिक तिजको कोशेली बजारमा ल्याउनु भएको हो । यसअघि गिरीका हो मेरो साडी मैदानै लर्काउने, युकेको शहरमा किनेको साडि, जुरेली चरिले खायो बरिलै, काकँरिको अचार , टल्कियो चोलिमा सितारा आदि तीजका गीतहरु सार्वजनीक भईसकेका छन । ती गीतहरु धेरै दर्शक श्रोताले रुचाएका थिए भने भर्खरै सार्वजनिक भएको “नाच्छु बरिलै” बोलको गीतलाई दर्शक श्रोताले रुचाउने अनुमान गरिएको छ । उहाँले श्रृजना गरेका मौलिक तिजका गितहरु भएका कारण पनि दर्शक स्रोताको रोजाईमा पर्ने गरेका छन ।
Milan Shrestha । १७ श्रावण २०७९, मंगलवार २०:५५ बजे