नेपथ्य न्यूयोर्कमा घन्कियो


25092016053848NEPATHYA-1000x0आश्विन ९, २०७३- चर्चित नेपाली लोक सांगीतिक समुह ‘नेपथ्य’ शनिबार राती म्यानहाटन ‘ह्यामरस्टाईन बलरुम’ मा घन्कियो । न्यूयोर्कमा यो करिब एक बर्षको अन्तरालमा नेपथ्यको दोस्रो प्रस्तुती हो । करिब दुई घण्टा म्यानहाटन सेन्टर, नेपाली गीत संगीतमय बनेको थियो । सधै झैं जिन्स पहिरनमा देखिएका अमृत गुरुङको शुरुवाती अभिवादन देखि कार्यक्रमको अन्त्यसम्म दर्शक औधी रौसिएका थिए भने हल, नाच्नेको बेजोड थलो बनेको थियो ।

‘जोमसोमे बजारमा, बाह्र बजे हावा सरर’
ए हजुर, घर हाम्रो पोखरा ’

माहौल रौनकपूर्ण बनेको थियो । के बाल्कोनी, के स्टेज, नाच्नेको लर्को देखिएको थियो । पच्चिस बर्ष देखिको नेपथ्यको सांगीतिक यात्रामा माया, सद्भाव र सहयात्राका लागि दर्शकहरु प्रति पटक पटक आभार प्रकट गरेको नेपथ्यका गायकले पटक पटक प्रवासको मायालाई मातृभुमि सँग जोडिरहे । बारम्बार अमृतले भने‘  देश बनाउने कार्यमा हामी सबैले आआफनो योगदान गर्ने बेला आएको छ । आउनुस, देश बनाउ ।’

‘गाँउ गाँउ बाट उठ, बस्ती बस्ती बाट उठ
यो देशको मुहार फेर्नलाई उठ’

यो गीतमा हल झनै रौसिएको थियो ।
नेपथ्यका चर्चित गीतहरु मध्येको एक ‘रेशम, रेशम’ गीतले दर्शकहरुलाई औधी नचाएको थियो ।
यसपटकको लाईभ कन्र्सटमा नेपथ्यले नयाँ गीत प्रस्तुत गरेको थियो ।
‘विगतबाट सिक्ने हो, बोकी हिडने होईन्. ……..
..अनि पो नेपाली, हामी नेपाली….नामी नेपाली’
यसपटकको नेपथ्य प्रस्तुतीको नारा ‘शान्तिका लागि कन्सर्ट’ राखिएको थियो । दर्शकदिर्घामा राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत पनि सहभागी थिए ।

 साभारः कान्तिपूर अनलाइन