
१९ गते काठमाडौं / रगत, रक्ततत्व एवं रक्तदनका क्षेत्र अहोरात्र काम गर्दै आउनु भएका नेपालका सर्वाधिक रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले आज पुनः नयाँ रक्तदान जागरण गीतमा रेकर्डिङ्ग गराउनुभएको छ ।
नेपाल आइडल सिजन ५ का विजेता बर्दियाका करण परियारको स्वरमा रक्तदान जागरण गीत रेकर्डिङ्ग गराइएको कर्माचार्यले जानकारी दिनुभयो । शतक रक्तदाता कर्माचार्यको शब्द रहेको गीतलाई वरिष्ठ संगीत संयाेजक जीबित जल्मीद्वारा संगीग तथा संगीत संयाेजन गर्नुभएको छ भने गीतलाई हरिशरण मानन्धरले रेकर्डिङ्ग गर्नुभएको हो ।
साेही अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाट प्रकाशित “हाम्रो रगत” नामक पत्रिका सम्मान स्वरूप नेपाल आइडएल सिजन ५ का बिजेता करण परियार र रेकर्डिष्ट हरिशरण मानन्धरलाई स्वयंसेवी शतक रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यद्वारा मायाकाे चिनाे स्वरूप प्रदान भएको थियो । गीतको सम्पूर्ण काम सकेर चाँडै नै सार्वजनिक गरिने शतक रक्तदाता कर्माचार्यले जानकारी दिनुभयो ।

जित्ने रहर सबैको हुन्छ,जित्ने केवल एउटै हुन्छ
रगतले ती मिथ्या ठान्छ,समानता मात्र उ बुझ्दछ
त्यसैले गराैं रक्तदान,चाहिनेलाई हुन्छ जीवनदान
हार र जीतलाई जाेगाउन रक्त सञ्चार भइरहन्छ
रगत बीनाकाे जीत र हार कुन संसारमा नै हुन्छ त्यसैले गराैं रक्तदान,चाहिनेलाई हुन्छ जीवनदान
प्रतियोगिता नै त्याे हाे एक अब्बल अर्को दुर्बल
रगतले सन्देश दिन्छ हुनु पर्छ यहाँ सब नै सबल त्यसैले गराैं रक्तदान,चाहिनेलाई हुन्छ जीवनदान
– प्रेमसागर कर्माचार्य
Prawash Kumar Shakya । १९ आश्विन २०८१, शनिबार १७:१६ बजे