अब आफ्नै स्याटेलाइट


आशयपत्र माग्दै बोलपत्र आह्वान

07102016075823sattelite-1000x0आश्विन २१, २०७३- सरकारले नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिए पनि पहिलो पटक सरकारले बोलपत्रमार्फत विश्वभरका इच्छुक कम्पनीलाई आशयपत्र पेस गर्न आह्वान गरेको हो ।

करिब डेढ महिनाअघि सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई स्याटेलाइटको प्रक्रिया अघि बढाउन जिम्मेवारी दिएपछि बिहीबार प्राधिकरणले आशयपत्र माग गरेको हो । ‘हामीले स्याटेलाइट राख्ने, सञ्चालन गर्ने र मर्मतसम्भार गर्ने कार्यका लागि आशयपत्र माग गरेका छौं,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘इच्छुक कम्पनीले आगामी मंसिर ६ गतेसम्ममा आशयपत्र पेस गरिसक्नुपर्नेछ ।’

साभारः कान्तिपूर अनलाइन