वीरेन्द्रनगरको शहिद पार्कमा वर्ल्डलिङ्कको हटस्पट सेवा शुरु


Photo: गुगलबाट

१६ साउन, सुर्खेत । नेपाल कै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्यूनिकेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको विभिन्न ठाँउहरुमा हटस्पट छोड्ने भएको छ । यसै अन्तरगत वर्ल्डलिंकले वीरेन्द्रनगरको शहिद पार्कमा आजदेखि हटस्पट छोडेको हो ।

वर्ल्डलिंक कम्यूनिकेशन सुर्खेत शाखाका प्रवन्धक कुमार आचार्यले परिवर्तित समयलाई मध्यनजर गर्दै आम उपभोक्ताहरुलाई ईन्टरनेटको पहुँच सुलभ बनाउनकालागि हटस्पट छोड्ने कार्य गरेको बताउनुभयो ।

आचार्य भन्नुहुन्छ “हामीले अहिले वीरेन्द्रनगरको शहिदपार्कमा हटस्पट छोडेका छौं चाँडै नै हामी वीरेन्द्रनगरका अन्य स्थानबाट पनि हटस्पट छोड्ने तयारीमा छौं ।