
३० फागुन, सुर्खेत । आम मानिसको जीवनको अभिन्न अंग बनेको सामाजिक सञ्जाल फेसबुककम आएको समस्या अहिले समाधान हुँदै गएको छ । फेसबुकमा हिजो राती (बुधवार) करिव १० बजे देखि समस्या आएको थियो ।
फेसबुकमा विषेश गरेर अहिले राम्रो संग एकाउण्ट नखुल्ने यदी खुली हाले पनि राम्रो संग काम नगर्ने गरेको थियो । फेसबुक संगसंगै ह्वाट्सअप र इन्स्टाग्राममा पनि समस्या आएको थियो । फेसबुकमा म्यासेज पठाउँदा इरर सन्देश आउने र चाँडै समस्या सामाधान हुनेछ भन्ने सन्देश आउने गरेको थियो । अझै पनि पूर्णरुपमा समस्या समाधान भै नसकेको प्रयोगकर्ताहरु बताउँछन् ।
सानातिना समस्या आइरहेकपनि अहिलेको यो समस्याले ठूलो रुप लिएको प्रयोगकर्ताहरु बताउँछन् । यस्तै सन् २००८ मा पनि भएको थियो त्यस बेला फेसबुकका प्रयोगकर्ता विश्वमा १५० मिलियन रहेको थियो भने अहिले विश्वभर फेसबुकका मासिक प्रयोगकर्ता २.३ बिलियन रहेको छ ।
प्रयोगकर्ताहरुले भने आज नेपालपनि बन्द फेसबुक पनि बन्द कस्तो संयोग हो ?
(एजेन्सीहरुको सहयोगमा)




Milan Shrestha । ३० फाल्गुन २०७५, बिहीबार ०७:१२ बजे