१९ माघ मगलवार
नेकपा (एमाले)का संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्बाङले नेपालको वर्तमान संविधान संसारमै अद्वित्तीय रहेको बताएका छन्।
नेकपा (एमाले)का संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्बाङले नेपालको वर्तमान संविधान संसारमै अद्वित्तीय रहेको बताएका छन्।
मंगलबार साँखुमा आयोजित नयाँ संविधान वितरण कार्यक्रममा बोल्दै उनले जनताका सुझावलाई समेटेर जनताका लागि जनताद्वारा नै बनाइएको यो संविधान उत्कृष्ट र लचिलो रहेको बताए।
उनले यो संविधान महिलामैत्री भएकै कारण संविधान जारी भएलगत्तै महिला राष्ट्रपति र सभामुखमा निर्वाचित र महिला यो मुलुकले पाएको उल्लेख गर्दै छिटै प्रधानन्यायाधीशसमेत महिला नै हुन लागेकाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको प्रमुख महिला भएको बिरलै भेटिने बताए।
सो अवसरमा कार्यक्रम संयोजक एवम् सांसद रामेश्वर फुयाँलले स्थानीय निकायको चुनाव भएपछि मात्रै देशको मुहार फेरिने र भूकम्पपीडितले सही ढङ्गले राहत पाउने बताए।
साभारः अन्नपूर्ण पोष्ट




Milan Shrestha । १९ माघ २०७२, मंगलवार १५:५९ बजे