शनिबार विहानैदेखि खोजी कार्य जारी, ४ को सनाखत
गौरव पोखरेल
२९ असोज, इलाम । इलामको माइखोलामा शुक्रबार दुर्घटना भएको यात्रुबाहक डुंगामा सवार यात्रुको खोजी कार्य शनिबार विहानैदेखि सुरु गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले हराइरहेका यात्रुको खोजी कार्यलाई तीब्रता दिएका छन् ।
इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अहिलेसम्म ७ जनाको शव फेला पारिएको छ ।
दुर्घटनास्थलमा ५ जनाको शव शुक्रबार फेला पारिएको थियो भने शनिबार विहान शिवसताक्षी नगरपालिका, झापामा थप दुई जनाको शव भेटिएको हो ।
शनिबार भेटिएको एउटा शव शनिअुर्जन नगरपालिका, सालबारीका २७ वर्षीय कृष्णकुमार घतानीको भएको प्रहरीले जनाएको छ । अर्का व्यक्तिको भने सनाखत हुन सकेको छैन ।
यस्तै, शुक्रबार साँझ फेला पारिएका शव मध्ये ३ जनाको सनाखत भएको छ । खनाखत भएकाहरुमा मधुमल्ला, मोरङकी ६ वर्षकी बालिका पुष्पा खड्का, महमाई, इलामका ७५ वर्षाीय जसबहादुर राई र डम्बरमाया मगर छन् । अन्य ३ जनाको भने सनाखत हुन बाँकी छ ।
दुर्घटनामा परेको डुंगा शुक्रबारै दुर्घटना स्थलबाट केही तल फेला पारिएको थियो । चालक भने फरार छन् ।
साभारः अनलाईन खबर ।



Milan Shrestha । २९ आश्विन २०७३, शनिबार ०८:४८ बजे