राष्ट्रिय सौन्दर्यकर्मी यूनियनको कर्णाली प्रदेश गठन


२२ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यावसायिक सौन्दर्यकर्मी प्रदेश स्तरिय भेलाले आज (मंगलवार) मोन्टी व्यूटी पार्लरका संचालक व्यूटीसियन प्रमी शाक्य (खड्का) को अध्यक्षतामा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेश गठन गरेको छ ।

भेलाले उपाध्यक्षमा शोभा गुरुङ्ग (सुर्खेत), सचिवमा सुजना राना  (सुर्खेत),  सहसचिवमा सुनिता थापा  (सुर्खेत) आर्थिक सचिवमा मन्जु धमाला (सुर्खेत) लाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा धनुमाया योगी (सल्यान), मधुमिका शाक्य (जाजरकोट), सपना श्रीपाली (सुर्खेत), दिलमाया थापा (सुर्खेत), कमला बस्याल (सुर्खेत) र अमृता नेपाली (सुर्खेत) र सल्लाहकारमा तारा (सुर्खेत) लाई चयन गरेको छ ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष सुमन गुरुङ्गले सौन्दर्यकर्मीहरुले समयलाई मध्यनजर गर्दै परिवार तथा व्यावसायलाई व्यवस्थापन गर्न आग्रह गर्दै सौन्दर्यकर्मी आफै एउटा श्रमिक भएको बताउनुभयो ।