सिटी बसपार्कमा विवाद, माघ ७ गते आठ यातायात व्यावसायीले सवारी बन्द गर्ने (भिडियो सहित)


६ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सिटी बसपार्कमा २ दुइ वटा यातायात प्रा.लि.लाई संरचना बनाउन अनुमति दिएपछि सुर्खेतका  अन्य आठवटा यातायात व्यावसायी आन्दोलित भएकाछन् ।

बसपार्क संचालनकालागि सुर्खेतमा रहेका १० वटा यातायात व्यावसायीहरुको सहमतिमा इन्डोररुपमा टिकट काउण्टर सञ्चालन गरिरहेको अवस्थामा हठाहतपूर्ण तरिकाले २ वटा यातायात प्रा.लि.लाई नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहाना गरि साविकको काउण्टरको दक्षिण तर्फ आउट डोर काउण्टर सञ्चालन गर्नकालागि संरचना निर्माण गर्न दिएकोमा अन्य यायायात प्रा.लि.ले संयूक्त विज्ञप्ती मार्फत विरोध जनाएकाछन् ।

नगरपालिकाले आफैले कार्यविधी बनाउने अहिले त्यही कार्यविधी विपरित संरचना बनाउने दिने यो कस्तो किसिमको कार्यविधी हो ? देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्काले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “हामी सबै यातायात व्यावसायी समान हौं यहाँ सवारी धेरै भयो भन्दैमा ठूलो र सवारी कम भयो भन्दैमा कोही सानो हुँदैन ।”

त्यस्तै नमस्ते नेपाल यातायात प्रा.लि.का अध्यक्ष कार्लमाक्स श्रेष्ठले सरकारले सिण्डीकेट सिष्टम हटाइ सकेको अवस्थामा अहिले केही ठूला यातायात व्यावसायीहरुको नाममा आफूहरुलाई पक्षपातपूर्ण व्यवहार नगरपालिकाले गरेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी भोली माघ ७ गते हाम्रा सवारीहरु विरोधस्वरुप बन्द गर्छौ यही हाम्रो सुनुवाई भएनभए थप आन्दोलनका कार्यक्रम गर्नेछौं ।”