प्रदेश सरकार महिलाको हित उत्थानमा क्रियाशिल भएको लागेकोछः मन्त्री रावल


४ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउन नदिने स्वास्थ्य क्षेत्रमा प्रतिवद्धता जनाएको बताउनुभएको छ ।

सफा सुनौलो नेपालको आयोजनामा,ल्याटर डे सेन्ट च्यारिटीजको सहयोग र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र को सहकार्यमा वीरेन्द्रनगरमा आयोजित सुत्केरी महिला तथा नवजात शिशुको स्याहार सम्बन्धी ४ दिने तालिममा मन्त्री रावलले उक्त कुरा बताउनुभएको हो । मन्त्री रावलले अन्य प्रदेशका सुत्केरी महिलालाई स्वास्थ्यकालागि कर्णालीमा आइदिन अनुरोध गर्दै स्वागत तयार रहेको  बताउनुभयो ।

हामीले कर्णालीको स्वास्थ्य निती ल्याइसकेका छौ भने ऐन सँसदमा छफफलमा रहेको छ नियमावली बनाउँदै छौ यि सबै हामी छिट्टै नै सँसदबाट गर्ने छौ । एकातीर कानुनी संरचना तयार गर्दै छौ र स्वास्थ्य क्षेत्रमा विषेश गरेर दुर्गम गाँउबस्तीमा कसरी स्वास्थ्य सेवा दिने भन्ने बारेमा सरकार प्रयत्न गरिरहेका छौ । मन्त्री रावलले भन्नुभयो ।

मन्त्री रावलले प्रदेश सरकार महिलाको हित उत्थानमा क्रियाशिल भएको लागेको बताउँदै महिलाको स्वास्थ्य क्षेत्रमा आधारभूत अधिकार स्थापित गर्न सरकार सबैको सहयोग लिएर लागेको बताउनुभयो ।

सामाजिक विकास समिति अध्यक्ष एव कर्णाली प्रदेश सभाका सभासद राजु नेपालीले आयोजक संस्थाले केही दिन अगाडी अपाङ्गगता भएका व्यक्तीहरुलाई ह्वील चियर सम्बन्धी तालिम तथा ह्वील चियर वितरण गरेर ठूलो गुन लगाएको बताउनुभयो । उहाँले कर्णालीलाई समृद्धी गराउने कुरामा अग्रसर भैदिएकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

४ दिन सम्म चल्ने तालिमामा सुत्केरी महिला तथा नवजात शिशुको स्याहार सुसार गर्ने सम्बन्धी ज्ञान तथा शिप दिइने आयोजकले जनाएको छ ।