खानापकाउने भेरी ग्यास आउँदै


३० बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को छिमेकी जिल्ला बाँकेको नेपालगंजमा धेरै मात्रामा संक्रमित देखिए संग कर्णाली प्रदेशको सबै नाका सिल गरेपछि शुरु भएको खाना पकाउने ग्यासको अभाव सहज हुनेे भएको छ ।

भेरी ग्यासको सुर्खेतकालागि अधिकृत विक्रेता नन्दनी ट्रेडर्सका सञ्चालक विनोद दाहालका अनुसार सुर्खेतकालागि आज १ हजार ७ सय २० थान सिलिण्डर आइपुग्ने छ भने दैलेखकालागि ५ सय ८० थान सिलिण्डर आइपुग्ने छ । दाहालले भन्नुभयो “ग्यास आउछ ढुक्स हुनुस तर भिडभाड नगरिदिनु होला ।”

हिजो बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले अतिआवश्किय सामाग्रीहरुमा आयात नियन्त्रित गर्दै खुला गर्ने निर्णय गरे संगै सुर्खेतमा भेरी ग्यास आपूर्ति हुनलागेको हो । सुर्खेत अन्य ग्यास भन्दा भेरी ग्यासका उपभोगकर्ता धेरै रहेका छन्