संविधान संशोधनको भारतद्वारा ‘सम्मान’



काठमाण्डौ। मधेस आन्दोलनको माग बमोजिम नेपालको ब्यवस्थापिका संसदले संविधानमा हिजोगरेको पहिलो संशोधनलाई भारतले सम्मानगरेको टिप्पणी गरेको छ ।
भारतीय बिदेश मन्त्रालयले आज बिज्ञप्ति जारी गर्दै संविधान संशोधनप्रति सकरात्मक टिप्पणी गरेको हो । ‘हिजो नेपालकोसंसदले पास परेको दुई संशोधनलाई सकरात्मक विकासको रुपमा हामी सम्मानगर्दछौंजम्मा दुई लाइनको बिज्ञप्तिमा बिदेश मन्त्रालयका प्रवक्ताले भनेकाछन-आगामी दिनमा अन्य मुद्दाहरु पनि यसैगरी सकारात्मक रुपमा सम्बोधन हुनेमा विश्वास लिएका छौं ।
बिज्ञप्तिमा कहीँ पनि स्वागत अर्थात् वेलकम भन्ने शब्द प्रयोग गरिएको छैन ।
यसअघिपरराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा गएका बेला संविधान संशोधनपपछिभारतले स्वागत गर्ने र नाकाबन्दी खुल्ने सहमति भएको सरकारी स्रोतको दावी छ ।
तर, नेपाल सरकारले नाका खुल्ने विश्वाससहित संसोधन गरे पनि भारतले दिल खोलेर स्वागतगर्न भने कन्जुस्याईं गरेको छ ।
यसअघि संविधान जारी हुँदा पनि भारतले नेपालमा एक संविधान जारी भएको आफुले जानकारी पाएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

  साभारः अनलाइन खबर