शुभकामना आदान प्रदान


01सुर्खेत, १२ कात्तिक ।
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार, नेपाल सम्बत् ११३७ र छठ पर्वको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा जनजाति महासंघ सुर्खेतका उपाध्यक्ष जीवनकुमार शाक्यले नेपाल सम्वत् नेवार समुदायहरुको सम्बत् मात्र नभई सम्पूर्ण नेपालीहरुको (त्यसमा पनि जनजातिहरुको) सम्बत् भएको बताए । शाक्यले, आदिवासी जनजातीहरुलाई ८ साहु महाजनबाट ऋणमुक्त गराउने दिनको रुपमा मनाउँदै आइरहेको बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति समन्वय परिषद् सुर्खेतका अध्यक्ष पञ्चसिं रोकाय (खाम्पा)ले विगतमा जनजातीहरु अरुका लागि लडेपनि अब आफ्नो अधिकारको लागि लड्नुपर्नेमा जोड दिए ।

अब आफ्नो हक अधिकारका लागि नलडि चर्को स्वरमा भाषणमात्र गर्नु सिंगो जनजातिका लागि कुनैपनि औचित्य नभएको बताए । यस्तै, आदिवासी जनजाती यूवा महासंघका केन्द्रीय सदस्य मिलन श्रेष्ठले सिंगो जनजतीहरुको अधिकार मागेर नपाइने भन्दै अधिकारको लागि डटेर सामना गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष भिमबहादुर सिंजाली, मानबहादुर चौधरी, नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशीमगर, खाम्पा समाजका अध्यक्ष कृष्णबहादुर रोकाय, नेवाःदेय् दबू सुर्खैनतका सचिव लवमान श्रेष्ठ, सदस्य सुरेस मानन्धर, नेपाल कुमाल समाजका केन्द्रीय सदस्य जसवीर कुमाल, नेपाल मंगर महिला संघ सुर्खेतकी अध्यक्ष नन्दकला थापामगर, भोटे जनजाति समाज सुर्खेतका सचिव राजेन्द्र बुढा (भोटे), खाम्पा समाज सुर्खेतका सचिव कमल गुरुङ, राजी शाल्मा समाज सुर्खेतका सचिव अशोक राजी, भोटे समाज सुर्खेतका कोषाध्यक्ष लोकजंग रोकाय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।