
८ माघ, सुर्खेत
आज साँझ करिब ५ बजे तिर सुर्खेत दैलेख बाटोको कपासेमा बस दुर्घटना भएको छ । बनभोज खाएर फर्किएको ना ४ ख ७८०० नम्बरको बस सुर्खेतको कपासेमा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा करिब ४० जना घाइते भएका छन् जस्मा करिव ५ गम्भीर घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले स्थानीय माया देउती तथा गुरुङ होममा उपचार भै रहेको छ । दुर्घटना के कसरी भयो भन्ने बारे अनुसन्धान भैरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
फोटो: सुर्य खड्काको फेसबुक बाट
Milan Shrestha । ८ माघ २०७२, शुक्रबार १३:५३ बजे