प्रदेशका महिलाहरुकालागि बजेट छुट्याउन कुनै कन्जुस्याई नगर्ने – मन्त्री ज्वाला


फोटोः ऋतु चन्द फेसबुक

२३ फागुन । सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यो प्रदेशका महिलाहरुकालागि बजेट छुट्याउन आफ्नो मन्त्रालयले कुनै कन्जुस्याई नगर्ने बताउनुभएको छ ।

१०८औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित “महिलाहरुको अवस्था र भावी रणनितिक योजनाहरु” विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले उक्त कुरा बताउनुभएको हो ।

छुट्याइको बजेटलाई भने सरोकारवाला निकायले सहि ठाउँमा प्रयोग गर्न मन्त्री ज्वालाले आग्रह गर्नुभयो ।

फोटोः ऋतु चन्द फेसबुक

कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले आफ्नो मन्त्रालयले महिलाकोहरुको पहुँच पुग्ने कामको शुरुवात गर्ने तथा मन्त्रालयले प्रदेशका महिलाहरुले भोग्दै आएका समस्याहरुकालागि आफुले काम गर्ने र मन्त्रालयलाई अपाङ्गमैत्री मुखी बनाउने बताउनुभयो ।

नेपाल नेत्रहिन संघ सुर्खेत परियोजना, परिवर्तनका लागि यूवा संस्था र विभिन्न गैर सरकारी संस्थाको समन्वय तथा आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संचालिका ऋतु चन्दले बताउनुभयो ।