मूर्तीसहित दुई पक्राउ


जुम्लाबाट चोरीएको मूर्ती हुनसक्ने आशंका

मंसिर २५, २०७३- बर्दियाको देउडाकला जंगलमा हवाई फायर भएको छ । शंकास्पद अवस्थामा हिँडिरहेका दुईजनालाई प्रहरीले जाँच गर्न खोज्दा भएको मुठभेडमा हवाई फायर भएको हो । जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको मूर्ती त्यता पुर्‍याइएको आंशकामा प्रहरीले स्थलगत अनुसन्धानको क्रममा उक्त घटना भएको हो ।

मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका डिआईजी माधवप्रसाद नेपालका अनुसार पक्राउ परेकाबाट एकथान मूर्ती समेत बरामद भएको छ । ‘बरामद भएको मूर्ती ११ मंसिरमा जुम्लाको चन्दननाथ मन्दिरबाट चोरीएको मूर्ती हुनसक्ने वा पक्राउ परेकाबाट त्यसबारे जानकारी मिल्नसक्ने सम्भावना देखिन्छ,’ उनले भने ।

नेपालका अनुसार प्रहरी टोलीले पक्राउ परेका व्यक्ती र मूर्ती लिएर कार्यालय पुग्दैछन् । ‘टोली आइसकेपछि मात्रै उक्त मुर्ती कहाबाट ल्याईएको हो खुल्नेछ,’ उनले भने ।

साभारः कान्तिपूर अनलाइन