फिफा वरीयतामा नेपाल ८ स्थान माथि


माघ २१, २०७२- नेपाल विश्व फुटबल (फिफा) वरीयता क्रममा ८ स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार जारी गरेको ताजा वरीयतामा नेपाल १ सय ८८ औं स्थानमा 

अघिल्लो महिना भारतमा भएको दक्षिण एशियाली खेलकुदमा श्रीलंका र भारतसँग पराजित भएसँगै नेपाल १ सय ९६ औं स्थानमा झरेको थियो ।  जुन नेपालको अहिलेसम्मकै सबैभन्दा कमजोर वरीयता प्रदर्शन थियो ।
तर बंगबन्धु गोल्डकपमा नेपालले उपाधि जित्दै २३ वर्षदेखिको खडेरीलाई पुरेपछि वरीयतामा पनि सुधार गरेको हो।
बंगलादेशमा नेपालले समूह चरणमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो भने बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । फिफाले आधिकारिकता प्रदान गरेको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४-१ ले पराजित गरेको थियो । 
सभा र : कान्तिपुर अनलाइन