सुटिङमा दुर्गाको अग्रता


25102016081539shooting-1000x0कार्तिक ९, २०७३- राष्ट्रिय खुला सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाल प्रहरीकी दुर्गा सिञ्जालीले सोमबार अग्रता हासिल गरेकी छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको प्रतियोगितामा कुल ४ सय अंकमा दुर्गाले ३ सय ८० अंक जोडिन् । प्रहरीद्वय अस्मिता राई ३ सय ७९ अंकमा दोस्रो तथा फूलमाया क्याप्छाकी ३ सय ७७ अंकसाथ तेस्रो स्थानमा छन् ।

नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष १० मिटर एयर राइफलमा सुनसरीका टीकाराम श्रेष्ठ शीर्षस्थानमा छन् ।

टीकाले ५ सय ४५ अंक जोडेका छन् । प्रहरीका हरिबहादुर थापा ५ सय ४४ अंकसाथ दोस्रो तथा सप्तरीका अमिस यादव ५ सय ४१ अंकसाथ तेस्रो स्थानमा छन् । पुरुषको प्रतिस्पर्धा ६ सय पूर्णांकमा भएको थियो ।

साभारः कान्तिपूर अनलाइन