पाँच सयको बाजी जित्न मर्स्याङ्दीमा हेलिएका घिमिरे बेपत्ता


१० पुुुस, लमजुङ । पौडिएर मर्स्याङ्दी तर्ने क्रममा एकजना बेपत्ता भएका छन् । लमजुङ जिल्ला बेँसीसहर नगरपालिका–७ का ४० वर्षीय राजु घिमिरे नदी पार गर्नेक्रममा आइतबार बेपत्ता भएका हुन् ।

बिहान १० बजे स्थानीय पद्म घिमिरे र राजु घिमिरेबीच पौडिएर नदी पार गर्ने विषयमा बाजी परेको थियो । उनीहरुबीच यदि नदी पार गर्नेले रु ५०० बाजी मार्ने र नदी पार गर्न नसक्नेले रु ५०० दिने गरी बाजी परेको बुझिएको छ ।

बाजीबमोजिम राजु मर्स्याङ्दीमा पौडिन होमिएका थिए । नदीको बीचसम्म पौडिएका घिमिरे त्यसपछि पौडिन नसकेपछि मस्र्याङ्दीले बगाएको हो । राजु नदी पार गर्न नसकी बेपत्ता भएपछि उनका साथी पद्म घिमिरेले प्रहरीलाई राजु नदीमा बेपत्ता भएको जानकारी गराएका थिए ।

बेपत्ता घिमिरेको खोजीकार्य भइरहेको र हालसम्म कुनै पत्तो नलागेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा पनि उनीहरु बिहानैदेखि मदिरा सेवन गरी बसेको र नदी पार गर्ने विषयमा दुईजनाबीच बाजी पनि परेको बुझिएको प्रहरीले जनाएको छ ।

घिमिरे स्थानीय शिक्षकसमेत हुन् ।

साभारः अनलाइनखबर