बेवारिसे लाश भेटियो


अशोक राजी

१४ पौष सुर्खेत।  सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुनाको जगल नजिकै एक जना मानिसको लाश भेटिएको छ ।

अन्दाजी ३५-४० बर्ष जस्तो देखिने मानिसको सुब्बाकुना नजिकै रहेको सानो विउरेनी र ठुलो विउरेनी नजिकैको खाल्डोमा बेवारिसे अवस्थामा भेटिएको ट्राफिक प्रहरी हवलदार बल बहादुर वलीले बताउनुभयो ।
लाश कस्को हो र के कति कारणले मृत्यु भएको भन्ने बारे अहिलेसम्म कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि बहादुरजग मल्लले जानकारी दिनुभयो ।
अहिले लाशलाइ पोष्ट मार्टमका लागि क्षेत्रिय अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।