
१९ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटीकोली सुर्खेतमा हरेक बर्ष लाग्ने “महाशिवरात्री मेला”को यस बर्षको मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला आयोजक मूल व्यवस्थापन समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।
महाशिवरात्री कैं अवसरमा आज नेपाली सेनाको कालीदल गण बक्स ई को ३० जनाको एक समूहले शिवमन्दिर परिसर सरसफाई गरेको वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।
अध्यक्ष मानन्धरले यसपटकको शिवरात्रीमा मन्दिर अगाडी लगाइने बजारलाई व्यवस्थित बनाइने बताउनुभयो ।
“हाम्रो वडा वीरेन्द्रनगर कै ऐतिहासिक वडा भएकोले पनि हामी महाशिवरात्री मेलालाई भव्य र सभ्य बनाउन लागि परेका छौ । साथै यही अवसरमा काँक्रेविहार घुम्न जानकालागि निशुल्क यातायातको व्यवस्था समेत गरिएकोले सम्पूर्ण दर्शालुभक्तजनलाई यो सेवाको उपभोग गर्न म अनुरोध गर्दछु ।” अध्यक्ष मानन्धरले भन्नुभयो ।
मेलालाई भव्य र सभ्य बनाउनकालागि विभिन्न उपसमितिहरु गठन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले बताउनुभयो ।



Prawash Kumar Shakya । १९ फाल्गुन २०७५, आईतवार १६:३६ बजे