काठमाडौं-भारत भ्रमणमा रहेको नेपाली यु–१९ क्रिकेट टोली सोमबार अफगानिस्तान यु–१९ सँग अभ्यास खेलमा ८३ रनले पराजित भएको छ। बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली युवा टोलीले भारतीय भूमिमा अन्तिम तयारी गरिरहेको छ।
टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४५ ओभरमा ८ विकेट गुमाई २ सय ३२ रन जोडेको थियो। सेन्ट स्टेफन कलेजको मैदान शीतले भिजेका कारण खेल ४५ ओभरमा खेलाइएको थियो।
अफगानिस्तानका तारिक स्टानिकजाईले सर्वाधिक ६४ रन बनाए।उनले ६९ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए।उनलाई नेपाली बलर प्रेम तामाङले बोल्ड गरेका थिए। ओपनर नाभेद ओबाइदले ४४ रन बनाए। उनले ३३ बलमा १०चौका प्रहार गरेर टोलीको सुरुआत बलियो बनाएका थिए।
नाभेद नेपालका सुशील कँडेलको बलमा योगेन्द्र कार्कीबाट क्याचआउट भए। अर्का ओपनर करिम जनात १४ रन जोडेर सन्दीप लामिछानेको बलमा आरिफ शेखबाट क्याचआउट भए।
इकराम खाइलले अविजित ४१ रन बनाउँदै टोलीको स्कोर बढाउन योगदान गरे। ४३ बल खेलेका इकरामले ४ चौका प्रहार गरे। इसानुल्लाह जनातले ३७ रन बनाए।
मध्यपंक्तिका ब्याट्सम्यानले राम्रो स्कोर बनाए पनि अफगानिस्तानको तल्लो क्रममा खेलाडी क्रिजमा धेरैबेर टिक्न सकेनन्। इकरामपछि चार खेलाडीले दोहोरो स्कोर जोडन सकेनन्।
नेपालका आरिफ र सन्दीपले समान ३ विकेट लिएका थिए। ८ ओभर बलिङ गरेका आरिफले १ मेडन ओभर गदै ४० रन खर्चे। सन्दीपले ९ ओभरमा ४३ रन खर्चे। सुशील र प्रेमले १–१ विकेट लिए। प्रेम धेरै रन खर्चनेबलर बने। उनले ९ ओभरमा ४४ रन दिएका थिए।
जवाफमा दीपेन्द्रसिंह ऐरी र शंकर रानाबाहेक अन्यले गतिलो स्कोर बनाउन नसकेपछि नेपालले विजय लक्ष्य पूरा गर्न सकेन। दीपेन्द्रले ४२ र शंकरले ३९ रन जोडेका थिए। दीपेन्द्रले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। शंकरले ७७ बलमा ४ चौकाहाने। ओपनर इसान पाण्डे १ रनमा आउट भए। १४ बल खेलेका इसान करिमको बलमा एलबिडब्लु आउट भए। अर्का ओपनर सुनील धमला पनि ११ रन हुँदा करिमको बलमा पवेलियन फर्के। करिमले सुनीललाई इकराम खाइलबाट क्याचआउट गराए। कुशल भूर्तेलले २३ बनाए। उनले २८ बलमा ५ चौका प्रहार गर्दै नेपालको इनिङ लम्ब्याउने प्रयास गरेका थिए।
कप्तान राजु रिजाल र प्रेम तामाङ खाता असफल भए। दुवैजैउर रेहमानको बलमा आउट भए। नेपाली ब्याटसम्यानका लागि खतरनाक साबित भएका अफगानीबल रेहमानले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरमा १६ रन खचर्िंदा४ ओभर मेडन ओभर बलिङ गरेका थिए। जाहिर पाटकिन र करिमले समान २ विकेट लिए।
दुई साता अभ्यास गर्न भारत गएको नेपाली टोलीले यसअघि भारतीय टोलीसँग खेलेका तीनमध्ये दुईमा जित र एकमा हारसामना गरेको थियो।
पहिलो अभ्यास खेलमा २ विकेटले हारेको नेपालले दोस्रोमा हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन–११ लाई ८ विकेट र तेस्रोमा ३ विकेटले हराएको थियो। नेपालले बुधबार पुनः अफगानिस्तानसँग सेन्ट स्टेफन कलेज मैदानमा खेल्नेछ।
साभारः नागरिक न्यूज डटकम




Milan Shrestha । २८ पुष २०७२, मंगलवार ०५:५८ बजे