कर्णालीको पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकार कटिबद्धः मन्त्री बुढा (भिडियो सहित)


२० पौष, सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले प्रदेश राजधानि सुर्खेतको वीरेन्द्रनगरको काँक्रेविहार क्षेत्रमा रहेका धार्मिक, साँस्कृतिक तथा पर्यटकिय क्षेत्रकोको पर्वद्धनका लागी मन्त्रालय दृढताका साथ लागी पर्ने बताउनु भएको छ ।

आज वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले भ्रमण बर्ष २०२० अन्तरगत “यसपालि घुमौ कर्णाली” भन्ने नारालाई सार्थक पार्नकालागि  वडामा रहेको ऐतिहासिक काँक्रेविहार देखी वडा मै करिब ४ बर्ष अगाडी फेला परेको अधेरी गुफा सम्म ७ किलोमिटरमा संचालित दौड प्रतियोगिता कार्यक्रममा मन्त्री बुढाले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा मन्त्री नन्दसिंह बुढाले यसपाली घुमौ कर्णाली भन्ने नारालाई सार्थक पार्नकालागि पर्यटक स्थलहरुको बारेमा अवलोकन गराउने मुख्य उदेश्य रहेको बताउनु भएको छ । काँक्रेबिहार र अधेरी गुफा तथा कर्णालीका अन्य पर्यटकिय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका प्रमुख पर्यटक स्थलहरुको रुपमा रहेको काँक्रेबिहार लगाएतका स्थलहरुमा भौतिक संरचना निमार्णमा वीरेन्द्रनगर नगरपालिबाट सहयोग गर्न तयार भएको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले बताउनु भएको छ । पर्यटक स्थलहरुको अवलोकन तथा भ्रमण बर्ष सुरु भएको अवस्थामा नगरपालिकाबाट सहयोगको लागी प्रतिवद्ध रहेको उहाँको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिबाट वडा ९ मा रहेका पर्यटक स्थलहरुको पर्यटन प्रवर्द्धन गर्नका लागी दौड प्रतियोगीताको आयोजना गरेको वडा अध्यक्ष सुरेश मानन्धरले बताउनु भएको छ । उहाँले भन्नुभयो  “भ्रमण वर्ष २०२० मा काँक्रेविहार क्षेत्रमा पर्यटकको आगमन बढाउन वीरेन्द्रनगरको वडा नं. ९ ले शनिबार काँक्रेबिहार देखि अधेरि गुफा सम्मको ७ किलोमिटरमा दौड प्रतियोगीता संचालन गरेका हौ ।” अधेरी गुफा करिव चार वर्ष अघि पत्ता लागेको हो । उक्त गुफामा प्रचिन मुर्ति , शिवलिङ्ग लगाएत कुदिएको स्थानीयले बताएका छन् ।

दौड प्रतियोगितमा ४५ जनाले सहभागिता जनाएका थिए जस्मा २ जना महिला रहेका थिए । प्रतियोगितमा डिलबहादुर बुढाले प्रथम स्थान, धिरेन्द्र भण्डारी दोश्रो स्थान तथा अमृत बुढाले तृतिय स्थान हासिल गर्नुभएको थियो ।

विजयी तीनै जना खेलाडीहरुलाई मन्त्री नन्दसिंह बुढा नगरप्रमुख देवकुमार सुबेदी तथा कर्णाली प्रदेश सरकारका मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले संयूक्तरुपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।