आइजीपी बनाउन माग गर्दै सिलवाल सर्वोच्चमा


Nawaraj-Silwal-58a01a27b30e31.93824317काठमाडौं : मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा जयबहादुर चन्दलाई नियुक्त गरेपछि डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

सिलवालले आइतबार दिउँसो आफूलाई आइजीपी बनाउनुपर्ने मागसहितको रिट अदालतमा दायर गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले आइतबार बिहान तेस्रो वरियतामा रहेका चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि एक नम्बर वरियतामा रहेका सिलवाल न्याय खोज्दै अदालत पुगेका हुन्।

सिलवालको रिटमा आइजीपीको विषय सार्वजनिक सरोकारको भएको उल्लेख छ । उनले मन्त्रिपरिषदको अधिकारमा बाहिय राजनीतिक पार्टीको हस्तक्षेप देखिएको भन्दै नियुक्तिप्रति असन्तुष्टि जनाइएको छ।

उनले नेपाल प्रहरीको कार्यसम्पादन, मूल्यांकन, वरिष्ठतालगायत आधार विपरित चन्दलाई आइजीपीमा नियुक्ति गरिएको प्रति समेत आपत्ति जनाएका छन्।

डिआइजी सिलवालको रिटमा नेपाल प्रहरीको नेतृत्वमा आफ्नै आवश्यक पर्ने देखिएकाले मन्त्रिपरिषद्को निर्णय रोक्न अन्तरिम आदेश जारी गरी पाउँ भन्ने उल्लेख छ।

साभारः अन्नपूर्णपोष्ट अनलाइन