गुर्भाकोट क्याम्पसमा नेविसंघ प्यानल द्वारा विजयी भएको घोषणा


अशोक राजी

१८ फागुन सुर्खेत। स्वतन्त्र विद्यार्थी युनियन २०७३ अन्तरगत अाज फागुन १८ गते हुने भनिएको चुनाव गुर्भाकाेट वहुमुखि क्याम्पस सहारे सुर्खेत मा नेविसंघ काे पुरै प्यानल विजयी भएको घाेषणा गरेको छ ।

उक्त क्याम्पसमा नेविसंघ काे विजयी हुने निश्चित जस्तै भए पछि अाफुहरु चुनाव हार्ने देखिएपछि अखिल क्रान्तिकारि विद्यार्थी सङ्गठन र अनेरास्ववियु समर्थक विद्यार्थी हरुले क्याम्पस प्रशासन मा फागुन सत्र गतेदेखि नै तालाबन्दी गरेको र अाज दिउसो दुईवजे सम्म पनि नेविसंघ ले चुनाव हुनुपर्छ भन्दै चुनावकाे माग गरिरहदा समेत क्यामपस प्रसासनले चुनाव गराउने कुनै पनि पहल नगेकाे र चुनाव स्थगित भएको भन्ने कुनै अाधिकारिक सुचना बाहिर पनि नअाए पछि नेविसंघ ले स्वतह अाफ्नाे प्यानल विजयी भएको घाेषणा गरेको र स्ववियु निर्वाचन मा नेविसंघ विजयी भएको घाेषणा गरेको नेपाल दलित सघ क्षेत्र नम्वर एक सुर्खेत का क्षेत्रीय अध्यक्ष नरवहादुर सुनार नवीन ले जानकारी दिनुभयो ।

उक्त क्याम्पसकाे स्ववियु सभापति मा नेत्रलाल खड्का ,सचिव मा रमेश कुमार डाङ्गी ,काेषाध्यक्षमा डम्बर वहादुर डाङ्गी र सदस्य मा नेत्र वहादुर विक रसम्झना शाही ,,चुडामणिा थापा ,र ईन्दवहादुर परियार लाई निर्विरोध निर्वाचित भएको घाेषणा गरिएको छ ।

उक्त चुनाव हार्ने देखेर विप्लव माअाेवादि समर्थक अखिल क्रान्तिकारि का अजित पौडेल भनिने व्यक्ति ले हिजो नै निर्वाचन नगराउनु राम्रो नहुने भन्दै धम्की दिएकाे भन्दै उकत क्याम्पसका निर्वाचन अधिकृत खटिएका गाेविन्द भट्टराई ले हिजो नै निर्वाचन अधिकृत पदवाट राजिनामा दिए पछि अाफुहरु हार्ने निश्चित देखेर अखिल क्रान्तिकारी विद्यार्थी समर्थक र एमाले समर्थक अनेरास्ववियु निकट विद्यार्थी सङ्गठनहरुले हिजै देखि क्याम्पसमा तालाबन्दी गरेकाे समेत नेपाल दलित संघ क्षेत्र नम्वर एक सुर्खेतका क्षेत्रीय अध्यक्ष नरवहादुर सुनार नविनले जानकारी दिनुभयो ।