अमेरिकी डिभी कार्यक्रम असोज १७ गते खुल्ने


अमेरिकी डाइभर्सिटी भिसा (डिभी)  कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार असोज १७ गते राति ९ः४५ बजे अनालाईन आवेदन खुल्नेछ। आवेदनको अन्तिम म्याद कार्तिक २० गते राती १० ४५ सम्म रहेको छ। दूताबासले डिभी आवेदन भर्दा  कुनै शुल्क नलाग्ने भन्दै कन्सल्टेन्टको सहयोग नलिन आवेदकलाई सुझाव दिएको छ।

आवेदन दर्ता गर्दा पतिरपत्नीी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ। तर योग्यता नपुग्ने पति पत्नी तथा सन्तानको विवरणले भने आवदन नै अयोग्य हुने नयाँ व्यवस्था गरिएको दुतावासले जनाएको छ।

डीभीको अनलाईन आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ। यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको परिणाम आगामी बैशाख २४ गतेपछि सार्वजनिक हुने जनाइएको छ।

नागरिकअनलाइनबाट