
नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो।
युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो।
भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन्। नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।
यस्तै सिरिजलाई यू-१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।
क्रिकट्राकर डटकमका अनुसार भारतले यो सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ।
सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।
चार टोली सम्मिलित एकदिवसीय शृंखला
- सेप्टेम्बर १२- भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स
- सेप्टेम्बर १२- एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
- सेप्टेम्बर १४-भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स
- सेप्टेम्बर १४- एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू
- सेप्टेम्बर १६- भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स
- सेप्टेम्बर १६- अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
- सेप्टेम्बर १८-टिम १ विरुद्ध टिम २
- सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम



Milan Shrestha । २२ श्रावण २०७५, मंगलवार १५:५० बजे