दैलेखमा कांग्रेस र एमालेवीच तनाव


३१ वैशाख, दैलेख । दैलेखको भैरवी-५ स्थित डोग्रा मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच तनाव सिर्जना भएको छ । फर्जी मत खसेको हल्ला चलेपछि दुई पक्षबीच विवाद भएको थियो ।

तर, जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर कार्कीले भने दैलेखका सबै केन्द्रमा सामान्य रुपमा मतदान भइरहेको जानकारी दिए ।

दैलेखमा चार नगरपालिका र ७ गाउँपालिका छन् । जिल्लामा १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र छन् । मतदाताको संख्या १ लाख ३२ हजार ९६५ छ ।

साभारः अनलाइनखबर