बाढीले बगाउदा २ छात्राको मृत्यु


दिपेश दाहाल

१ जेठ, सुर्खेत

सुर्खेतको काफलकोटमा बाढीले बगाउँदा दुर्इजना छात्राको ज्यान गएको छ । कक्षा १२ को परीक्षा सकेर घर फर्कने क्रममा उनीहरुलार्इ स्थानीय सिर्पा खोलामा आएको बाढीले बगाएको आग्रीगाउँ प्रहरी चौकीले जनाएको छ । चौकीका हवलदार केशर गिरिले  वाढीमा परी काफलकोट-३ का १९ वर्षिया हिमा बुढा र २० बर्षिया विपना बुढाको ज्यान गएको बताउनु भयो । बजेडीचौरमा रहेको भानु उच्च माध्यमिक बिद्यालयमा परीक्षा केन्द्रमा परीक्षा सकेर आफ्‍नो घर फर्कने क्रममा उनीहरुलार्इ बाढीले बगाएको हो । अस्ति साँझ खोलाले बगाएका दुवै जनाको शव हिजो दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।