घर भत्किदा आमा छोराको मृत्यु , एक घाइते


THE-TRITNA-1सल्यान । सल्यानमा घर भत्किदा आमा छोराको मृत्यु भएको छ । बिहिबार बिहान पाउने ८ बजे  घर मर्मत गर्ने क्रममा भत्किदा आमाछोराको ज्यान गएको हो ।
छत्रेश्वरी गाउँपालिका वडा न २ डिग्रे निवासी २४ वषिर्या शुशिला घर्ती र निजको १८ महिनााके छोरा टिकाराम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । यस्तै घर भत्किदा रविन्द्र घर्तिको छोरा २१ वर्षिय खकेन्द्र घर्ती घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीको भनाई रहेको छ ।
खरको छाना फालेर जस्तापाता हाल्नका लागि तयारी गर्दै गर्दा घरको धुरी बलो बाच्एिपछि आमाछोरा च्यापिएका थिए ।  मुल बलो बाच्एिपछि तीन तलाको घर ध्यस्त भएको छ ।