सुर्खेत, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेल सहित दुर्इ जनालार्इ सेवाग्राहीबाट लिएको ८७ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको छ ।
क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेल र सोही कार्यालयका खापासटे दलबहादुर घर्तीलार्इ सेवाग्राहीबाट लिएको घुस सहित शुक्रबार कार्यालय समयमा नियन्त्रणमा लिएको आयोगको क्षेत्रीय कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिएका छन् ।
इन्जिनियर खरेलले खानेपानी आयोजनाको पेश्की, कार्य सम्पन्न प्रतिवेदन र भुक्तानीको सहजीकरण वापत भनी सोही कार्यालयका खापासटे घर्ती मार्फत सेवाग्राहीबाट लिएको घुस सहित पक्राउ गरिएको र उनीहरु दुवै जनालार्इ नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको आयोगका सूचना अधिकारी सापकोटाले बताएका छन्



Milan Shrestha । १० असार २०७४, शनिबार ०६:५८ बजे