लाइन्सको शुभकामना


फाइल फोटो

सुर्खेत ११, असोज।
सुर्खेत जिल्ला स्थीत लायन्स क्लब अफ सुर्खेत भैरवस्थान र लियो क्लब अफ सुर्खैत भैरवस्थानको संयुक्त आयोजनामा हिन्दुहरुको महान चाड बिजय दशमीको शुभअवसर पारी शुभकामना आदान–प्रदान कार्यक्रम गरेका छन् । शुभ–कामना आदान प्रदान कार्यक्रममम जिल्ला स्थीतलायन्स क्लबअफ सुर्खेत, लायन्स क्लब अफ बुलबुले,लायन्स क्लब अफ भ्याली,लायन्स क्लब अफ काक्रेबिहार, लायन्स क्लब अफ वीरेन्द्रनगर, लायन्स क्लब अफ मध्यपश्चिम र लायन्स क्लब अफ शिविबिहारहरुको उपस्थित रहेको थियो ।
यसैगरी कार्यक्रममा मुख्य अतिथि सुर्खैत उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले विगतमा भन्दा हाल आएर जिल्लामा लायन्स क्लबहरु गठन हुने कार्यक्रमहरु जारी रहेको छ क्लवहरुमा जिल्लाको नेतित्व पंक्तिमा रहेका व्यक्तिरुको जमातरहेको हुदा अब जिल्लालाई उधोग वाणिज्य संघले अगाडि सारेको होम स्टेको कार्यक्रमा साथ दिनका लागी अनुरोध समेत गरे ।


शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथी वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनाले देशमा हरेक बर्ग, हरेका जात, हरेका बर्णका युवा–युवती एवंम् प्रतिष्थिीत व्यक्तिहरुको जमात रहेको लायन्स क्लबले भविष्यमा केहि गर्दछ भन्ने आशा व्यक्त गर्दे अन्य संघ–संस्थाहरु सरह लायन्स क्लबको भवन निर्माणका लागी आवश्यक जग्गा उपलब्ध गराउने बारेमा आफुले सम्बन्धि निकायहरु संग सहकार्य गरी उक्त कार्यका लागी कतिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गनुभयो ।
कार्यक्रममा अतिथि परिवार तथा महिला संयोजक लायन्स कल्पना कार्कीले सुर्खेतमा सामाजिक कार्यका लागि लायन्समा आवद्ध हुने मध्ये महिलाहरुको पनि संख्यात्मक रुपमा बृद्धि भइरहेकोमा प्रशंसा गर्दै, यस पटकको नवरात्रि भर स्थानिय मंगलगढी चौकमा महिलाहरुकै सक्रियतामा दुर्गाको पुजा–आरधणा गरिएको र उक्र कार्यक्रमबाट बचेको रकमले महिलाहरुले सोहि स्थानमा प्रतिक्षालय गराउनुका साथैै यस्तो सामाजिक एवंम् धार्मिक कार्यक्रमह आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसै गरी भेलका विशेष अतिथि एम्बेस्डर अफ गर्भनर एमजेएफ लायन्स विजय पराजुलीले देशभरीमै लायन्स क्लवहरु विस्तार गर्ने कार्यमा सुर्खेत पहिलो भएको भन्दै प्रशंसा समेत व्यक्त गर्नु भयो । पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनका लागि लायन्स क्लवमा आवद्ध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिला लायन्स क्लव प्रति आम मानिसको दृष्टिकोण फरक रहे पनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै छ ।


कार्यक्रम लायन्स क्लब अफ सुर्खैत भैरवस्थानका अध्यक्ष लायन्स गोबिन्द प्रसाद शर्माको सभापतित्वमा सम्मपन्न शुभकामना आदान–प्रदान कार्यक्रममा अतिथिहरु रिजन चियर पर्सनहरु लायन्स कमल नेपाल, लायन्स धन बहादुर रावत, एरिया को चिफ लायन्स सरस्वती बस्नेत, जोन चियर पर्सन लायन्स हरिहर बस्नेत, जोन चियर पर्सन लायन्स किशोर कुमार रेग्मी, जोन चियर पर्सन लायन्स धनकुुमारी खरेल, जिल्ला अफिसरहरु लायन्स मिलन श्रेष्ठ, लायन्स पूर्ण नेपाली, लायन्स खगीसरा शाही, लायन्स नवराज गुरुङ्ग, लायन्स बासुदेव शर्मा लगायतको उपस्थितीमा सम्पन्न कार्यक्रममा । जिल्ला स्थीत विभिन्न लायन्स क्लवका प्रमुख एवंम् प्रतिनिधित्वहरुको उपस्थित भई एक आपसमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्मपन्न भएको थियो भने जन प्रतिनिधि निलकण्ठ खनाललाई दोसल्ला ओडाईन सम्मान एवंम् स्वागत समेत गरिएको थियो ।