
पौष ११, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमूना प्रदेश बनाउने गरी काम भैरहेको बताउनु भएको छ । रुकुम पश्चिमको चौरजहारीमा आयोजीत एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णाली प्रदेश विकासमा पछाडि परिरहेको अवस्थामा समृद्धिका लागि प्रदेश सरकार योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।
‘कर्णालीमा विकासको कति सम्भावना छ भनेर सबैलाई थाहै छ, यहाँको सम्भावनालाई उपयोग गर्दै कर्णालीलाई विश्वकै नमुना बनाउँनका लागि हामी लागि परेका छौं ।’ मुख्यमन्त्री शाहीले थप्नुभयो यसै अनुसार बजेट तथा योजना निर्माण भैरहेको छ, नेपालको भाषा सहित संस्कृतिको इतिहाँस कर्णाली सँग जोडिएको छ ।
सरकार सरकार विचमा द्धन्द सृजना गर्ने काम हुन नहुने भन्दै मुख्यमन्त्री शाहीले स्थानीय, प्रदेश र संघीय सरकार विचमा समन्वय हुन नसके सरकारले लिएको समृद्ध नेपाल, सुखि नेपालीको सपना पुरा नहुने ठोकुवा गर्नुभयो । के के काम कुन कुन सरकारले गर्ने हो भनेर निश्चित भएमा विकास गर्न सहज हुने भन्दै उहाँले ‘स्थानीय सरकारले के गर्ने, प्रदेश सरकारले के गर्ने र संघीय सरकारले के गर्ने भनेर निश्चित हुन जरुरी छ भन्दै–कसले के गर्ने भनेर पुर्ण रुपमा निश्चित हुन नसकेकाले पनि सरकार सरकारका विचमा द्धन्द्ध सृजना भैरहेको खुलासा गर्नुभयो ।’



Milan Shrestha । ११ पुष २०७५, बुधबार ०९:०४ बजे