व्यवसायिहरु द्वारा सुर्खेत मालपोत कार्यालय घेराउ


आन्दोलनको तुक छैन – मालपोत कार्यालय प्रमुख

असोज ३० , सुर्खेत
सर्वसाधारणले आफ्नो इच्छाएको वेला आफनो हकको जग्गा वेच विखन गर्न पाउनुपर्ने माग सहित सोमवार जिल्ला मालपोत कार्यालय सुर्खेतको कामकाज ठप्प पारिएको छ । जिल्ला स्थित विभिन्न व्यवसायिहरुले आफनो अधिकारमा रहेको जग्गा जमिन वेच विखन गर्न पाउनुपर्ने माग सहित मालपोत कार्यालयको कामकाज ठप्प पारेका हुन ।
व्यवसायिहरुले भदौ १ गते सर्वोच्च अदालतले अन्तरिम आदेश गरेकाले अदालतको आदेश मालपोत कार्यालय तथा नापी कार्यालयको पालना गर्नुपर्ने , आफुले ईच्चाएको वेला आफनो हकको जग्गा वेच विखन गर्न पाउनुपर्ने , खेतियोग्य जग्गामा वर्गिकरणनै नगरि कित्ताकाट रोकेकाले तत्काल कित्ताकाट गर्न नपाउने निणर्य खारेज गर्नुपर्ने जस्ता माग सहित कामकाज ठप्प पारिएको हो । व्यवसायिहरुले तत्काल कित्ताकाट लगाएतका निर्णयहरु खारेज नभए चरणवद्द आन्दोलन गर्ने वताएका छन् ।
यता जिल्ला मालपोत कार्यालयका प्रमुख राम प्रसाद खनालले २०७४ साउन २६ गतेको मन्त्रिस्तरको निर्णयवाट कृर्षि योग्य जग्गामाथि वढ्दो खण्डीकरण लाई नियन्त्रण गदै उत्पादकत्वमा वृद्धि गर्नका लागि भुमि सम्वन्धि ऐन २०२१ ले निर्देशन गरेकाले कृर्षि योग्य जमिन लगाएत कित्ताकाट रोकिएको वताए ।उनले भने, मन्त्रिपरिषदको निर्णय देशव्यापि कार्वान्वयन भएको हो , हामीले अर्को निर्णय नहुदासम्म केहीपनि गर्न नसक्ने वताए । आन्दोलनको कुनैपनि तुक नभएको वताउदै प्रमुख खनालेले भने , अहिले यो मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको छ अदालति फैसाला अनुसार अवका दिनमा काम अगाडि वढ्ने समेत वताए । उनले आन्दोलनको नाममा सर्वसाधारणलाई कार्यालयको सेवा लिन अवरुद्द नगर्न समेत व्यवसायिहरुलाई आग्रह गरेको वताए । उनले भने , केही समय कार्यालय सेवा अवरुद्ध गरेतापनि अहिले सेवा सुरु भैसकेको छ , आन्दोलनका नाममा कार्यालयको सेवा अवरुद्ध भए प्रहरी प्रशासनको सहयोगमा पनि कार्यालयको सेवा सुचारु गर्ने खनालले वताए ।

साभारः देउतीखबर ।