
१० बैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. २ गुप्तीपुरमा खेती गरिरहेकाे गाँजा नष्ट गरिएकाे छ ।
उक्त स्थानमा लामाे समयदेखि गाँजा खेती गरेको भने गोप्य सूचना प्राप्त पश्चात वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ अस्थाई प्रहरी बिट लाटिकोइलीबाट प्रहरी हवल्दार वीर बहादुर बुढाथोकीको कमाण्ड गएको प्रहरी टोली र स्थानीय समाजसेवी जनप्रतिनिधि लगाएतको टोलीले स्थानीयले ४ कठ्ठामा लगाएको ३ हजार बुटा गाजा नष्ट गरिएको हाे ।
प्रहरी हवल्दार वीर बहादुर बुढाथोकीले गैर कानुनी रूपमा खेती गरिरहेकाे गाजा नष्ट गर्नुका साथै यस्ताे खेतीहरू नगरिदिन स्थानीयलाई अनुराेध गर्नु भयाे । हवल्दार बुढाथोकीकाे कमाण्ड सहित ४ जनाकाे टाेलीले गाजा खेती नष्ट गरेकाे थियाे ।



Milan Shrestha । १० बैशाख २०७९, शनिबार १९:५९ बजे