
१८ कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुडे घटनाका दोषीमाथि कारवाही गर्ने आश्वासन दिएका छन् ।
चितवनको माडीमा दोस्रोपटक सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्न पुगेका प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगले छानविन गर्दा दोषी ठहर भए कारर्वाही गर्ने प्रतिवद्धता जनाए । साथै बाँदरमुडे घटनाका पीडितका आफन्त र छोराछोरीहरुको शिक्षादिक्षा र रोजगारका लागि अब वन्ने सरकारले सहयोग गर्ने वचन दिएका छन् ।
चितवन क्षेत्र नः ३ मा वाम गठवन्धनका तर्फबाट उम्मेदवार बनेका प्रचण्डले माडी आउन निकुञ्जमा आकाशे पुल वा निकुञ्ज भित्र सुरुङ मार्ग बनाउने आश्वासन पनि दिएका छन् ।
बादरझुलाको वस्तीलाई विकल्पसहित स्थानान्तर गर्ने र सुकुम्वासी समस्या समाधानका लागि ठोस योजनासहित कार्यक्रम ल्याउने उनले वताए । माडीमा दुःख दिने रिउ नदीका साथै राप्ती र नारायणी नदीमा व्यवस्थित तटवन्धन गर्ने उनको भनाइ छ ।
स्थायी सरकार, सम्वृद्धि र विकासका लागि नै वाम तालमेल गरिएको भन्दै उनले भने, ‘वाम तालमेल तालमेलका लागि मात्र नभई एउटै कम्युनिष्ट केन्द्र निर्माणका लागि हो ।’
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । १८ कार्तिक २०७४, शनिबार १२:२९ बजे