बौद्धको १७औं साधारणसभा सम्पन्न


२ म‌ंसिर, सुर्खेत । सुर्खेत जिल्लामै उत्कृष्ट सहकारी बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था  लि. ले आज एक समारोहका विच आफ्नो १७औं बार्षिक साधारण सभा भब्य रुपमा मनाएको छ ।

सभामा प्रमुख अतिथी आरएमडिसी नेपालका ज्योतिचन्द्र ओझाले वित्तिय पहुँच नपुगेका व्यक्ति तथा स्थानमा यस स्थान धेरै चुनौतीहरु रहदाँ रहदै पनि बौद्धका अध्यक्ष, वरिष्ठ प्रबन्धकको नेतृत्वदायी भूमिका तथा कर्मचारीहरुको अनुशासित कार्यले यस क्षेत्रमा बौद्धले लघुवित्त कार्यक्रमलाई सफलता पूर्वक लागु गरेको बताउनुभयो । लघुवित्तमा महिलाहरुको इन्मानदरीपूर्ण भूमिका महत्वपूर्ण तथा कोही हुने र नहुनेका लागि समेत लघुवित्त रहेको औल्याउँदै संस्थालाई अझ प्रगती तथा सफलताको शुभकामना दिए ।

त्यस्तै सभामा वीरेन्द्रनगर नगरकार्य पालिकाका प्रमुख देवकुमार सुबेदीले अब सहकारीहरु स्थानीय सरकारको मातहतमा आउन लागेको बताउँदै आर्थिक सामाजिक रुपान्तरणकालागि बौद्धले महत्वपूर्ण भूमिका खेलेको बताए ।

सभामा संस्थाका अध्यक्ष पन्चसिंह रोकायले २५सय रुपैया दरको शेयर रकमबाट २५ जनाले स्थापना गरेको बौद्ध सहकारी आज मध्यपश्चिम कै उत्कृष्ट सबै भन्दा ठूलो सहकारी संस्था भएकोमा गर्वलागेको बताए ।

बार्षिक करिव ६०लाख कर तिर्दै स्थानिय उत्पादनमा जोड  दिदै आत्मनिर्भरकालागि विभिन्न कृषिजन्य प्रविधीमा संस्था लागिपरेको बताउँदै त्यसैको स्वरुप बौद्धले अहिले डेरी संचालन गरको को अध्यक्ष रोकायले बताउनुभयो ।

सभामा वीरेन्द्रनगर नगरकार्यकालिका वडा न‌ं ९ का वडा अध्यक्ष सुरेश मानन्धर स्थानीय समाजसेवी ध्रुवकुमार श्रेष्ठ लगायतले आआफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रदेश नं. ६ को जुम्ला जाजरकोट दैलेख लगाएत सुर्खेतका विभिन्न क्षेत्रबाट संस्थाका सदस्यहरुको बढी उपस्थिती रहेको संस्थाका बरिष्ठ प्रवन्धक विशाल केसीले बताए ।