
सरकारले चालू आर्थिक वर्षको अन्त्यदेखि एकीकृत कर प्रणाली लागू गर्ने तयारी गरेको छ । एकीकृत कर प्रणालीको मस्यौदा तयार भइसकेको राजश्व सचिव शिशिर कुमार ढुंगानाले बताए । हालसम्म, विभिन्न शीर्षकमा छुट्टाछुट्टै कर उठाउने गरिएकोमा अब सम्पूर्ण कर एउटै रसिदमार्फत वार्षिक रुपमा लिइने भएको हो ।
एकीकृत कर प्रणाली लागू भएपछि कर प्रशासनमा देखिएका जटिलता र कर ग्यापलाई न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ । आफू कर तिर्न तयार रहेको, तर प्रशासनिक जटिलताले समस्या बढ्दै गएको उद्योगीहरु बताउँछन् । कर नीतिलाई सरल तथा सहज बनाउन सके र कर सम्बन्धी दीर्घकालिन रणनीति बनाउन सकेमा कर प्रशासनमामा सुधार आउन सक्ने विश्वास लिइएको छ । करसम्बन्धी सोही जटिलता हटाउनका लागि एकीकृत कर प्रणाली लागू गर्ने अन्तिम तयारीमा सरकार पुगेको छ ।
साभार : बैकिङ खबरअनलाइन



Milan Shrestha । १० मंसिर २०७४, आईतवार १३:३१ बजे