२१ फागुन, सुर्खेत । १२ दिन अगाडीबाट धर्नामा बसेका वादी समुदायका महिलाहरुले कर्णाली प्रदेश सरकारलाई निर्वस्त्र भएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बादी महिलाहरुले आफ्ना मागहरुप्रति कर्णाली सरकार गम्भीर नभएको आरोप लगाउँदै ‘निर्वस्त्र’ आन्दोलन गर्ने चेतावनी दिएकाछन् ।
‘हामीले आज शान्तिपूर्ण आन्दोलन गरेको १२ दिन भयो खानकालागि पानी माग्दा सरकारले लाठी प्रहार गरेको धर्नामा बस्नुभएकी कौशिला वादीले बताउनुभयो । उहाँले भन्नुभयो “के हामीले हाम्रा माग पुरा गराउन अब निवस्त्र आन्दोलन गर्नुपर्ने हो ।?
बादी समुदायहरुले जीविकोपार्जन गर्न माछा मार्ने, गिट्टी बालुवा चाल्ने काम गर्दै आउँदा कोरोना भाइरसका कारणले आफ्नो पेश संकटमा परेपछि विगत १२ दिनदेखि कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिइरहेकाछन् ।
बादी समुदायको प्रमुख माग जीविकोपार्जनकालागि खेती योग्य जग्गा तथा सिपमुलक तालिम सरकारले उपलब्ध गराउनुपर्ने रहेको छ । सरकारले जमिनको व्यवस्था नगरेसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने समुदायले अडान लिएको छ । यता प्रदेश सरकारले भने जग्गा दिने आफ्नो क्षेत्राधिकारभित्र नभएको भन्दै संघ र स्थानीय सरकारसँग माग गर्न अनुरोध गरेको छ ।
यता बादी समुदायका बालबालिकाहरु यतिवेला वीरेन्द्रनगरका बजारमा गित गाउँदै सहयोग माग्दै हिडेको पाइएको छ ।



Prawash Kumar Shakya । २१ फाल्गुन २०७७, शुक्रबार १५:४१ बजे