५० औं दिनको पैदल यात्रा पछि आज मेची पुलमा


१४ बैशाख, सुर्खेत । सुर्खेतका शेरबहादुर आचार्य “गाईने”ले लोक संस्कृति भित्र रहेका लोकबाजाहरुको संरक्षण अभियान पश्चिम महाकाली देखि  शुरु गर्नुभएको पैदलयात्रा आज ५० औं दिनमा मेची पुल मा पुगेर समापन गर्नु भएको छ ।

पैदल यात्रा पुरा गरेपछि उहां भन्नु हुन्छ, एउटा सांस्कृतिक युद्द जितेको छु, नेपालआमाको पश्चिम देखि पुर्व सम्मको माटो चिन्दै हिड्ने मौका पाएं, मेरो ५ बर्ष देखिको बिहान ३ बजे उठेर १४ र १५ किलोमीटर उकाली,ओराली दौडेर अभ्यास गरेको बल्ल यो पदयात्रामा काम लाग्यो ।

उहांको पदयात्रा लाई समापन गर्न मुख्य भुमिका निर्वाह गरिदिनुहुने देविभक्त श्रेष्ठ, हिकोला हेरिटेज होटेल परिवार, साहित्य चौतारी परिवार, वरिष्ठ लोक गायक लक्ष्मी जोशी, वरिष्ठ साहित्यकार धनकुटे कान्छा लगायत मेची नगरपालिका कांकडभिट्टा इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञान् कुमार महतो, मेची नं पा वार्ड नं ६ का वडा अध्यक्ष ललित तामाङ्ग, चितवन देखि झापा सम्म गासबासको ब्यबस्थापन मिलाई दिने आफ्नै माल्दाई रामु आचार्य, मेचीका गन्दर्भ सारङ्गी बादकहरु शिव गन्दर्भ, भुपाल गन्दर्भ, सुजन गन्धर्ब, त्यसै गरि पत्रकारहरुलाई हृदय देखि नै धन्यवाद उहाँले ब्यक्त गर्नु भएको छ ।

उहाले यात्राको शुरु देखि नै साथ दिने घरपरिवार, हौसला दिई आशीर्वाद दिने प्रेम देव गिरि, वरिष्ठ लोकगायक प्रभात सुवेदी, ऋषि अधिकारी, वरिष्ठ लोक गायक नारायण रायमाझी, वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा, कृष्ण कंडेल, शिवा वाल्मीकि, जगत शाही, शिव शाही, प्रकाश गुरुङ्ग, महेन्द्र खड्का, कोरियन वालपेपर संचालक बहादुर खड्का, चर्चीत लोक गायिका, सुनिता बुढा क्षेत्री, गोबिन्द शरण आचार्य, रेश्मिलाल पौडेल, डिलाराम आचार्य, नन्दराम परियार, आर पि लामिछाने रेडियो भेरी परिवार ,संगिता बुढा, कमला पौडेललाई धन्यबाद व्यक्त गर्नु भएको छ ।