नविर्से है माननीय ज्यू


कवि चित्रसिंह गाँउले

चिल्लो गाडीमा सवार भैरहँदा
अँधेरी खोला र छाप्रे अनि रुरुको उकालो
दौरासुरुवाल मा सफथ खाएर सेल्फी खिचिरहँदा
तुनेको सदरी, जुम्रा परेका मोजा र मागेको टोपी
अनि सोधिएको बेला चारतारे होटलमा
चिकेन खानेकी मटन भनि साहुजिले
डिल्लीकोटको मकै, रुप्साको दही, पिलिको कोदो
पलाताको चिनो र चिलखायाको भात,फोइका आलुवा
नविर्से है माननीय ज्यू ।

वैठक वसिरहेका बखत फोन आयो भने गाँउबाट
चुनावअघिको फोन, खाएका वाचा कसम
अनि मतगणना भैरहदा काँपेको मुटु, निरन्तरको अनिदो
संगत भैरहदा देशैभरीका समजोडीका साथिहरु सँग
खाँडाचक्रको मोटु दाई, पचालझरनाको पातलु भिना
कालिकाको थर्कमान, महावैको लठुवा के गर्दै होलान् भनेर
नविर्से है माननीय ज्यू ।

देखेपछि देशरविदेशका विकासका योजनाहरु
कठै मेरो शेरीपान्तडी, महावुगाल्जे जस्तै दर्जनौं सडक
कोटवाडाको अधुरो विमानस्थल, सान्नीको पिलपिले बत्ती
केवुलकार पर्खेको चुली, बाटो पर्खेका मालिका र पचालझरना
जेबाला स्कुल, ज्यानलिने अस्पताल, ओद्दिएका कुला र
आराम लिनै नपाउने वाञ्जाडा र चिलखायाका धारा
नविर्से है माननीय ज्यू ।

देख्दा मोटरसाइकलमा अफिस गैरहेका युवाहरु
डिग्री पढ्दै म्यादी भएको नरवहादुर भाइ लाई यहाँको
ओभरसियर पढी जागिर नपाउदा सर्टीफिकेट जलाउने धने
मलेसिया, कतार र दुबै निर्माण गरिरहेका विचरा युवाहरु
अनि चुनावताका झोला बोकेको हर्के, ढुंगा खाएको माने
नाँचेका रामरकृष्ण, व्यवस्थापक भएको दिलिप र
मतपेटिका सँगै पहरा दिएको नरेन्द्र जस्ताहरुलाई
चुनावकै राति ढाड भाँच्चिएको कालू भिनाकन पनि
नविर्से है माननीय ज्यू ।

जादैनौ भन्थे कतिपय मान्छे मतदानको लागि
बुँई चढाएर भोट हाल्न लगिएको बुढि आमाको गुन
न रात न दिन भनी चुनावमा खटेका विपिन जि
चुनावमै जुत्ता हराएको तपाईंको हितैसी
तपाईंकै प्रचारका स्टाटस लेख्दै अभियानमा
मोबाइल हराउने मान्मका भिम विचरा
सामल बोकेर पैतला खियाउने जुविथाकी तारा
माईक बोकि थाकेका अमित, लक्ष्मण, प्रभानन्द
पोष्टर पम्पिलेट वनाउदा पानी खानै नपाई
थला परेको दैलेखी शाहीजी
गीत, गजल, कविता र समाचारमा मात्र
तपाई विजयको आवाज गुञ्जाउने
भरत, खडानन्द, त्रिकाल र विश्वनाथलाई
नविर्से है माननीय ज्यू ।

विकसित जिल्लालाई पर्दैन मंत्री भैरहन भन्दै
विकट जिल्लालाई नै जिम्मेवारी देउ भन्दै लवि गर्न
प्रभुहरुको चित्त वुझाई डोकाका डोका योजना ल्याएर
प्यारो प्रतिमाचोक आउन, कार्यकर्ताहरुको लस्करसहित
कालिकोट का कुनाकुना धाउन, पैठहरुमा देउडाखेल लाउन
रगत दिएर बनाएको पार्टी संगठन बढाउन
जनताका अनुहारमा मुस्कान दिन आँगनमा खुशी दिन
नविर्से है माननीय ज्यू ।